म मान्छु
हो तिमीले भने जस्तै म दानब हु ।
आजका मान्छेहरु मा जस्तो
मानबता नै नभै कसरी म मानब हु ? ?
गुलाबको घाटी निमोठ्नु त पर जावोस्
कागजको फुल पनि हुत्याउन नसक्ने ।
परेवाका जोडिहरु लाई पासो थापि
नजरबन्द गरी छुट्याउन पनि नसक्ने । ।
प्रेमको चिट्ठा बेची प्रथम ब्यभिचार उपहार दिन अनि
साथको नाटक रची प्यास बुझाउन नसक्ने ।
बिषालु झुटका तिर हानी घायल पारि
मोहनी मन्त्र, काममन्त्र फुकेर कसैलाई सुझाउन नसक्ने । ।
धाक देखाएर धुत्न नसक्ने, ब्याथा देखयर लुट्न नसक्ने
हरुलाई आजकल मान्छे नै भनिदैन यहाँ ।
प्रेमको ब्याबसाय, भ्रमको खेतिपाति,भावनाको ब्यापार गर्ने
अनी धोकाको कोसेली दिन नजान्ने मान्छे मानब बन्छ कहाँ । ।
आजका आधुनिक अनि बिधुतिय समाजमा
झागिएको मानबता नै नभै कसरी म मानब हु ?
त्यसैले तिम्रो सोचको कदर गर्दै म भन्छु
हो म तिमीले ठानेजस्तै दानब हु । ।