कथा संग्रह


सबै लाई थाहा भएकै कुरा हो। अभावको जिबन जिउन
कति कस्ट र पीडादायक हुछ भनेर,तर के गर्नु
भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। चमेली लाई
पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैबले। शायद
छैटीको दिनमा चमेलिको भाग्यरेखा कोर्ने बेलामा भगवान
लाई पनि सेतो कागज र कालो मसीको अभाब परेछ क्यार।
र त आज उसको भाग्य लत्पतिएको अक्षरले
कोरिएको कागज झैं भएको छ। आफैले नबुझ्ने अनी कसैले
पनि पढेर स्मरण गर्न नसक्ने गरी।
यस्तो हुनुमा बिचरी जन्म दिने ति आमाको के दोस? उनले
त ९ महिना सम्म गर्भमा राखेर यो सुन्दर
धर्तीमा पाइला टेकाईन। अभाबै अभाबमा दिन प्रति दिन
चमेलिको चढ्दो उमेर संगै उसका गतिशिल पाइला हरु
अघी बढ्न थाल्यो। उसको भाग्यको रेखा अस्पस्ट
भएता पनि कर्म रेखा भने चम्किलो कोर्न चाहन्थी ऊ।
किन की कर्म रेखा त आफैले कोर्ने रेखा थियो।
आफ्नो लागी त जो कोहिले पनि राम्रो नै होस् भन्ने
चाहना राखेको हुन्छ। त्यो मध्य चमेली पनि थिइ।
समयको गति संगै उसको जीवन पनि दु:ख,सुख,घाम
पानी सबै संघर्सका बावजुद अघि बढ्दै गयो। कुनै
कुराको अभाबको महसुश नगरी कन अघी बढी
नै रही चमेली। जती नै दु:ख परे ता पनि नआत्तिइ कन
साउनको भेलमा बगेको सालको मुढा जस्तै कहिले
यो किनारमा त कहिले त्यो किनारमा ठोक्किदै
अैया आथ्था को कुनै प्रतिकृया नदेखाई निरन्तर
बगिरही बगिनै रही।
हो उसलाई थाहा छ। यो धर्ति कती सुन्दर अनी मनमोहक
छ भनेर। तर पनि कता कता पीडाको बोध भइरहन्छ
उस्लाई। सायद उसको जिबनको बाटाहरु नै यस्तै पीडा र
अभाबले भरिएका छन। पुर्खाको भनाइमा सत्यता हुन्छ
भन्छन र भन्ने गरिन्छ पनि। “लेखेको पाइन्छ
देखेको पाइदैन” हो यो कुरा ऊ सोध्न चाहन्छे। के
त्यो निर्दोश बालकको निधारमा कोरिएको रेखा असुभ
थियो त? के उसले जिबन भर बिना गल्ती नै पिडा भोग्नु
पर्ने नै हो त? कसैले गरिदिएको गल्तिको सजायँ भोग्दै
यो सुन्दर संसारमा सधै औंशीको रात जस्तो अन्धकार
बनेर बित्ने भो त उसको जीवन ? अनि फेरी सुन्ने र भन्ने
गरिन्छ। “दु:ख पछी सुख अबस्य हुन्छ रे” ।
यदी त्यसो हो भने किन चमेलिको जिबनमा खुसीको बहार
छाउन सकेन त ? हो उमेरको बहाव संग संगै उसले कसै
सँग निस्चल मायाँ गाँसेकी थिइ। तर उसको मायालाई
समय र परिस्थितीले अचानक लात्याइ दियो। के
उसको कसै सँग माया पिरती गाँस्ने अधिकार थिएन त?
किन उसको मायाँ गर्ने मनले कसैको मायाँ पाउन सकेन
त? किन उसले बनाएका आस्था र बिस्वासका मुनाहरु
बिचैमा चुडिन थाले? किन उसको खुशी र चाहना हरु लाई
कसैको मनले बुझ्न नसकेर लत्याई दिन्छन? आखिर
अरुको जस्तै उसको पनि त मन छ,मुटु छ। उसले मात्रै
यो रंगिन संसारमा सधै भरी मुटु माथि ढुंगा राखेर हाँस्नु
पर्ने किन? यस्तै अनेकानेक प्रश्न हरुले चमेली लाई
घच्घच्याई रहन्छ। झन्डै जिबनको आधा बसन्तहरु लाई
पार गरि सक्दा पनि उस्ले जिबनमा कुनै
त्यस्तो खुसीको पल पाउन सकिन जहाँ/जुन संसारमा ऊ
रमाउन सकोस। शायद भाबिले नै छैटिमा यी सारा कुराहरु
बाट उसलाई बंचित गराएको छ। हुन त जस्को भाग्यमा जे
लेखिएको छ त्यही नै जीवनमा भोग गर्न पाईन्छ भन्छन।
चमेलिको भाग्यमा पनि यस्तै थियो शायद।
यो सुन्दर संसारमा जीवनका सारा दु:ख अनी बेदनाहरु लाई
बिर्साउँदै आफ्नो मायाँलुको न्यानो अंगालोमा लिप्त भएर
जुनि जुनि सम्मलाई नछुट्टिने कसम खाँदै
नयाँ संसारमा रमाउने सुखानुभुतिको चाहना मन
भरी सजाएकी थिइ चमेलिले। एक रथका दुई पांग्रा भएर
मायाँलु दुई आत्माको प्रेमिल सम्झदारिमा जीवनका हरेक
दु:ख सुखका खुड्किला हरु पार गर्ने सपना केवल सपनामै
सिमित भए चमेलिको जीवनमा…बस अर्को भाग्य
रेखाको पर्खाइमा……
*समाप्त*

अझै पढ्न चाहानु हुन्छ? चाहानु हुन्छ भने, यहाँ क्लिक गर्नु होस !

No comments:

Post a Comment