Tuesday, August 26, 2014

थियो भने।

लुकाएर तरवारलाई . शिरमा पार्नु थियो भने।
तडपाई तडपाई मेरो माया झरिमा पार्नु थियो भने ।

किन दियौ साथ मलाई उकाली र ओरालिमा,
भुक्काएर आखाँ छोपी . भिरमा पार्नु थियो भने ।

किन तान्यौ डुग्ङा तिमीले मलाई संगै बसारएर,
न यता न उताको . तिरमा पार्नु थियो भने ।

किन बोलयौ मिठो बोलि अनेक थरी बहानामा,
जिन्दगी भर न बिर्सने . पिरमा पार्नु थियो भने।

No comments:

Post a Comment