Wednesday, September 24, 2014

जीवन का आफ्नै पाना हरु

https://plus.google.com/photos/102302425744810541385/albums/5920955683573557937?authkey=CP3RwcuwosSBDw

लुम्बिनी प्राथमिक स्वास्थ चौकी- लुम्बिनी आदर्श , २०७० माघ २३ गते देखि २०७० चैत्र २४ गते सम्म को कार्य

https://plus.google.com/photos/102302425744810541385/albums/6051510093329514513

नयाँ बर्ष २०७१ साल का केहइ स्मरण

https://plus.google.com/photos/102302425744810541385/albums/6051511853047114161

बृहत् सामुदायिक स्वास्थ निरुपण क्रयाक्रम का केही तस्बिर हरु

https://plus.google.com/photos/102302425744810541385/albums/6051510987735010145

Wednesday, September 10, 2014

मलाइ माफ गर मेरै कारण तिम्रो मन दुखेको भए

मलाई माफ गर मेरै कारण तीम्रो मन दुखेको भए,
तिम्ले रोपेको खुसीको बिरुवा मैले गर्दा सुकेको भए,

मैले खुसी दिन खोज्दा तीम्रो ब्यथा कतै लुकेको भए, मलाई माफ गर मेरै कारणले तीम्रो शिर झुकेको भए,

करौँतीको धारमा कहाँ हुन्छ माया।

करौँतीको धारमा कहाँ हून्छ माया ।
माहूरीको घारमा कहाँ हून्छ माया ।।

छोयो भने सूईँकिनेछौ राजा आफैँ ।
बिजूलीको तारमा कहाँ हुन्छ माया ।।

हो पैसासँग साट्न सके मात्र राम्रो ।
हिराको त्यो हारमा कहाँ हून्छ माया ।।

स्वार्थ बिनाको सँसारमा रम्न सीक ।
स्वार्थी यो संसारमा कहाँ हुन्छ माया ।
सुखमा मात्र झाङ्गिदै आउँछ अगाडी ।
दु:खको जंघारमा कहाँ हुन्छ माया ।।

शंकाले लंका जलाउँछ रे सानू!

शंकाले त लंका जलाउँछ रे सानु!
झगडाको बिउ फलाउँछ रे सानु!

मायाँलुको बीच नभएमा विश्वास
नियतिले भाग्य छलाउँछ रे सानु!! ...

दुइ मुटु एक धड्कन् भए भाग्यले
अजम्बरी दीप बलाउंछ रे सानु!!

स्वभासिलो बन्नु नत्र छुद्र बोलीले
हृदयमा छुरा चलाउँछ रे सानु!!

बिस्वसिलो मायाँ भए मिल्छ तागत
अबिस्वसले सँधै गलाउँछ रे सानु!!

साँचो मायाँ गर्दा धोका भए प्रेममा
जिन्दगानी यस्ले थलाउँछ रे सानु!!

समर्पित भए तन मन एक अर्कामा
आपसमा श्रद्दा पलाउँछ रे सानु!!

प्रेम जोडी बन्न सके नंग मासु झैं
जुनी-जुनी अमर् क'लाउँछ रे सानु!!

क्यारे - लक्ष्मी सापकोटा

दोधारमा नी परौं कती, अब निर्णय गरु क्यारे?
आफ््नो पिन्ड पकाउने, धान आफै छरु क्यारे?

भाबी ले त के के लेख्यो, भाग्य मलाई थाहा छैन
मरुभुमी निधारमा, अाफै भाग्य कोरु क्यारे?

डुङ्गा चडाई खोला बिचमै, छोड्ने हरु धेरै देखे
साहाश जुटाइ डुङ्गा बिना, खोला एक्लै तरु क्यरे?

मर्नै बेला कोहि नहुदा, कुहिन्छ कि लास मेरो
गनाएसित पोल्लान ,पक्कै बेसाहारा नै मरु क्यार?

रचना : लक्ष्मी सापकोटा
हाल : जापान
हाल : जापान