शंकाले त लंका जलाउँछ रे सानु!
झगडाको बिउ फलाउँछ रे सानु!
मायाँलुको बीच नभएमा विश्वास
नियतिले भाग्य छलाउँछ रे सानु!! ...
दुइ मुटु एक धड्कन् भए भाग्यले
अजम्बरी दीप बलाउंछ रे सानु!!
स्वभासिलो बन्नु नत्र छुद्र बोलीले
हृदयमा छुरा चलाउँछ रे सानु!!
बिस्वसिलो मायाँ भए मिल्छ तागत
अबिस्वसले सँधै गलाउँछ रे सानु!!
साँचो मायाँ गर्दा धोका भए प्रेममा
जिन्दगानी यस्ले थलाउँछ रे सानु!!
समर्पित भए तन मन एक अर्कामा
आपसमा श्रद्दा पलाउँछ रे सानु!!
प्रेम जोडी बन्न सके नंग मासु झैं
जुनी-जुनी अमर् क'लाउँछ रे सानु!!
No comments:
Post a Comment