Monday, August 25, 2014

अझै बाकी छ।

हो बाँकि छ तिमी आउने आश अझै बाँकी छ । तिमीलाई हेर्न अन्तीम सास अझै बाँकि छ । अरुले त रुँदै गरिसके अन्तिम् बिदाई । बिदाईमा तिम्रो मुस्कान् खास अझै बाँकी छ । भैगो जाउ निस्किजाउ अब धेरै नतड्पाउ । जल्दो मुटु भित्र तिम्रो बास अझै बाँकी छ । गरिसक्यौ भने सयर धर्ति सारा तिमीले । जाउ तारा भन्दा माथि आकाश अझै बाँकि छ । नखोज त्यो फुल आउ थुकि श्रद्धान्जली देउ । आगो ला'को छैन मेरो लाश अझै बाँकि छ ।

No comments:

Post a Comment