आँसु मेरो वर्षातको झरी बनिरह्यो।
उनी भेट्ने सपना खै सधैं टरिरह्यो।।
गगन मा माथि उड्ने चरी बनेपछि।
थकित भो मेरो तन दूर लडिरह्यो।।
खिईदै छ भत्किदै छ, मेरो जीवन।
वारि पारि समुन्द्रको छेउ परिरह्यो।।
गाउँबस्ती यादहरु साथी बने पनि।
बिरानो यो शहरमा एक्लो भईरह्यो।।
तिखा वाण वचनले मुटु दुखाउँछ।
मन तन मस्तिष्कले कष्ट सहिरह्यो।।
No comments:
Post a Comment