तिमीलाई नसम्झेको पल खाली छैन।
साँचै माया गर्छु यो मन जाली छैन।
झर्दैन भिरबाट लात नलगाए पत्थर,
यो मुटु छामि हेर सुकेको डाली छैन।
अडिक छु तिम्रो मायाको समर्पणमा,
झुटो बाचाकसमको टिका थाली छैन।
घामलाई छेक्दैन पल भरको बादलले,
नियाली हेर फोहोर बग्ने नाली छैन।
तिमीसँगै जीत मेरो,तिमीसँगै छ खुशी,
बिश्वास गर बिछोडमा बज्ने ताली छैन।
No comments:
Post a Comment