Monday, August 25, 2014

पढाइ पनि कस्तो

पढाईले जागिर खोज्छ जागिरले योग्यता ।
नपढेरै मालीक हुन्छन् भए सिप र दक्ष्यता ।
निद् उडाउँछ दिवा स्वप्न त्येहि हुन्छ साकार । निदाउँदाको सपनाको के हुन्छ र मान्यता ।
जस्ले रोज्छ जोखिम बाटो स्विकारेर चुनौती ।
उस्ले पाउँछ जिन्दगिमा सफलता त्यो भब्यता ।
ईश्वरपनि घुँडा टेक्छ जस्को दृढ लक्ष्य छ ।
दुर्भाग्यले हार खान्छ देखि त्यो आदम्यता ।
सिकाउँदैन किताबले जिवन जिउने कसरि ।
सङ्गतै हो सिकाउने संस्क्रिती र सभ्यता ।