एक रात गजल भन्दै थिए अब गजल नलेख्नु है!
सधैं आफ्नो बाटो हिँड्नु कहिल्यै मलाई नदेख्नु है ।
सम्झना गरी मेरो घरी–घरी मकहाँ धाएर हेर!
अब त तिमीले संघार मेरो नटेक्नु है ।
संयोगवश ! दोबाटोमा भेट भैहाले भने पनि!
जानी नजानी तिमीले कहीं बाटो मेरो नछेक्नु है ।
मेरी प्यारी हे प्रेयसी ! लौ ! तिमी आऊ न है !
भनेर बोलायर तिमीले मलाई कतै पनि नभेट्नु है ।
सुरीलो–मीठो धून तिमी भन्दै जहिले–तहिल्यै!
मेरो धूनको प्रेमी बनी गला मेरो नरेट्नु है ।
No comments:
Post a Comment