तिम्रो सम्झना र याद यसरि आउनेछ
पल पल हसाउनेछ पल पल रुवाउनेछ ।
तिमीले भनेका हरेक कुराहरु मलाई
काडाभरि बाटो पनि हिड्न सिकाउनेछ।
त्यो तस्विर यो माया अनि मिठो मुस्कान
थाहा छ मलाई साच्चै बेस्सरी सताउनेछ।
मेरो माया मेरो मन सबै पोको पारी
मनभरी मुटु भरि सज्नेछ सजाउनेछ।
यात्राहरु निकै गह्रौ खाना पनि तितो तितो
यो मायाले यस्तै के के जति गराउनेछ।
No comments:
Post a Comment