Sunday, August 24, 2014

त्यो तिमी नै होउ

हरपल मैले जसलाई चाहे, त्यो तिमी हौ । हरक्षण मैले जसलाई पाए, त्यो तिमी हौ । कहिले हासँे साथमा म, कहिले रोएँ पनि, जसको निम्ति आँसु बगाएँ, त्यो तिमी हौ हर धड्कन स्वास अनि, रक्तकणमा, पाएर म जसलाई रमाएँ, त्यो तिमी हौ । सम्बन्ध झन गाढा हुन्छ, भन्ने विश्वासले, मनले जसको जुठो खाएँ, त्यो तिमी हौ । मेरो एउटै धोको यो, जिन्दगी साथ बितोस्, भरपरी जसको हात समाएँ, त्यो तिमी हौ । हरक्षण मैले जसलाई पाए, त्यो तिमी हौ । हरपल मैले जसलाई चाहे, त्यो तिमी हौ ।

No comments:

Post a Comment