मुटु जल्यो ब्यथा बढ्यो न यस्मा नुन छर्नु
आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु
सिलाउन मिल्ने भए अझै पनि सिउँछु म
तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म
कल्पनाको महल जस्तो हुन्न रहेछ जिबन
म हैन अरुलाई साँचेकि थियौ योवन
जति थिए खुसी सबै तिमीलाई दिएँ
दु:खै दु:खै सहेर नि तिम्रै लागी जिएँ
मुटु जल्यो ब्यथा बढ्यो न यस्मा नुन छर्नु
आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु
सिलाउन मिल्ने भए अझै पनि सिउँछु
म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म
गायक : शिव परियार
संगीत : बिसन्त थापा
शब्द : बि.बि.यश. राना
शैली : भाबुक
No comments:
Post a Comment