घाऊ नै घाऊ छ् मुटुभरी कती चोट परेको हो !!
सोध्नु छ् यो आसुलाई कुन पिडाले झरेको हो !!
सकिएको छैन जीवन रुन अझै बाँकी नै छ् ,,
नयनको मोती दाना किन बसाई सरेको हो !!
नरो नरो भन्छ मनले भक्कानिदै आफु पनि ,
पिडा झर्छ पानी बनी कस्ले यस्तो गरेको हो !!
क्षितिज पारी भएकाले जलाइदिन्छ मुटु यहाँ ,
चर्किन्छ घाऊ मेरो मात्र कस्तो जहर भरेको हो !!
चोट दिने खोली तरे पिडा मात्रा बाँकी रह्यो ,,
भएन पुजेर भगवान तक्दिर कती हरेको हो !!
Verry nice
ReplyDelete