Monday, August 25, 2014

तिम्रो फोटो मुटु भित्र

तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु।।
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु।।

लाग्छ हिजो तिमी हामी एउटै बाटो हिंडेका थियौ।
त्यही पलको यादमा आज बाटो कुरि बसेको छु।।

सम्झनामा सपनामा जता ततै आउछौ तिमी।
तिमीलाई भुलाउन साझमा भट्टी पसेको छु।।

तिम्रो यौवन तिम्रो जोवन भुलाउन सक्दिन म।
तिनै जोवनलाई समेटेर एउटा गीत कोरेको छु।।

तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु।।
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु।।

No comments:

Post a Comment