मुटु भित्र अनगिन्ति, चोट भाको मान्छे हजुर !!
जन्मदा नै दु:ख सँग , मित लाको मान्छे हजुर !!
दोष दिन्न दैबलाइ, ब्यथा किन दियौ भनि !
को नै छ र ? चाहे जती, सबै पायेको मान्छे हजुर !!
आफु जती दुखे पनि, दुखाउदिन अरुको मन !
सही दिन्छु चोट हरु, बाँचि दिन्छु जसो तसो !!
भत्किए थ्यो दिलको छानो,फेरी छाको मान्छे हजुर ! सुकि सक्यो गला मेरो, भयो केहि बोल्दिन म !
बिरहका गित हिजो, धेरै गाको मान्छे हजुर
बिगत अनि बर्तमानमा मैले भोगेका सकारात्मक अनि नकारात्मक जिबनका अभ्यास हरु आफ्नै शब्द, आफनै रचना, आफ्नै भाषा शैली लाई साहित्यिक शब्दमा रचिएका रचना हरु साथै मेरो बारे मा पनि केही शब्द हरु।
Monday, August 25, 2014
मान्छे हजुर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment