Tuesday, August 26, 2014

उज्यालो त जुनकै छ, लाखौ तारा भए पनि

उज्यालो त जूनमै छ लाखौँ तारा भए पनि॥
तिम्रो यादमा बाँचेको छु धेरै टाढा रहे पनि॥

दिनरात कल्पनामा केवल तिमी आई दिन्छ्यौ ।
मुस्कुराउछु मान्छे सामु एकान्तमा बहे पनि॥

घाम भए छायाँ हुन्छ फूल भए सुन्दर वागि।
फुल्ने फूल फुल्छ पक्कै माली छोडी गए पनि॥

पाउनु भन्दा गुमाउनुमा माया गहिरो हुन्छ
तिम्रो जीवन सुखी बनोस मैले दु:ख सहे पनि

No comments:

Post a Comment