Saturday, August 30, 2014

महत्त्वपूर्णदिन

महत्त्वपूर्ण महिना

म बाच्ने सबैले आश मारे पछि नरुनु है

म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है

म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है

जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
आउने बाटो काँडाले बारे पछि नरुनु है

मैले होईन दैबले नै धोका दियो म के गरु
म गएर तिमी एक्लो पारे पछि नरुनु है

सँगै जिउने मर्ने कसम बेकार भयो सानु
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है

Wednesday, August 27, 2014

खुसी छु मायालु

(खुसी छु मायालु तिम्रो सफलतामा मुस्कुराईनै रहेको छु परेली चिसिएनी )२

(नव जीवन तिमीलाई धेरै धेरै बधाई तिमी खुसी भए चाहिन्न केहि मलाई )२

(खुसी छु मायालु तिम्रो सफलतामा मुस्कुराईनै रहेको छु परेली चिसिएनी )२
खुसी छु मायालु...
(सफल रहोस् जीवन कामना यहि मेरो हाँसो छ जहाँ तिम्रो खुसी छ त्यहि मेरो )२

(खुसी छु मायालु तिम्रो सफलतामा मुस्कुराईनै रहेको छु परेली चिसिएनी )२
खुसी छु मायालु...
रचना/ गायक: बिशल एन यश क्षेत्री
एल्बम: सबिज्ज कलेक्सन
शैली : पप

तिज विशेष ~ तिज भावना

खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।

परिभाषा था हुन्छ लगाउने लाई मात्र

परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र।

पाउनेले त चिठी-पत्र च्याती फ्यँकिदेला,
शब्दशब्द सबै प्यारो पठाउनेहरुलाई मात्र।

जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र।

नजिककै तिर्थ आखिर हेँला हुन्छ साथी,
मिल्दैन रे माया यहाँ आऊनेहरुलाई मात्र।

सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन,
गाह्रो हजुर कति बजाउनेहरुलाई मात्र।

परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात i

Tuesday, August 26, 2014

तिमिलाइ नसम्झेको पल खाली छैन

तिमीलाई नसम्झेको पल खाली छैन।
साँचै माया गर्छु यो मन जाली छैन।

झर्दैन भिरबाट लात नलगाए पत्थर,
यो मुटु छामि हेर सुकेको डाली छैन।

अडिक छु तिम्रो मायाको समर्पणमा,
झुटो बाचाकसमको टिका थाली छैन।

घामलाई छेक्दैन पल भरको बादलले,
नियाली हेर फोहोर बग्ने नाली छैन।

तिमीसँगै जीत मेरो,तिमीसँगै छ खुशी,
बिश्वास गर बिछोडमा बज्ने ताली छैन।

म मरेको दिन तिमी, हस्छौ कि रुन्छौ प्रिय?

म मरेको दिन तिमी, हाँस्छौ कि रुन्छौ प्रिय ?
खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौ प्रिय ?

सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै ।
खस्न खोज्ने आँसुलाई, खसाल्छौ कि थुन्छौ प्रिय ?

सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र। देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ प्रिय ?

रुन्छन होला परिवारका, वियोगमा डाँको छोडि।
गाह्रो होला हाँस्नलाई, कि पिरव्यथा फुन्छौ प्रिय ?

कुरा होलान गुन बैगुनका, अनि मेरो बारे
चुन्न परे गुन र बैगुन, तिमी कुन चुन्छौ प्रिय ?

मर्ने जान्छन मरिकन बाँच्नेलाई दूख हुन्छ।
मनको माया समाल्छौ कि अर्को घर बुन्छौ प्रिय ?

मैलो हुन्छ अरे मन मरेकालाई देखेपछि।
के के गर्छौ शुद्ध हुन, कि जिउ धुन्छौ प्रिय?

सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त।
मान्छे पिच्छे फरक अर्ति कस्का कुरा सुन्छौ प्रिय?
 

         ( सम्बन्धित ब्यक्ती बाट उत्तर कि पर्खाइमा)

घाउ नै घाउ छ मुटु भरी कति चोट परेको हो।

घाऊ नै घाऊ छ् मुटुभरी कती चोट परेको हो !!
सोध्नु छ् यो आसुलाई कुन पिडाले झरेको हो !!

सकिएको छैन जीवन रुन अझै बाँकी नै छ् ,,
नयनको मोती दाना किन बसाई सरेको हो !!

नरो नरो भन्छ मनले भक्कानिदै आफु पनि ,
पिडा झर्छ पानी बनी कस्ले यस्तो गरेको हो !!

क्षितिज पारी भएकाले जलाइदिन्छ मुटु यहाँ ,
चर्किन्छ घाऊ मेरो मात्र कस्तो जहर भरेको हो !!

चोट दिने खोली तरे पिडा मात्रा बाँकी रह्यो ,,
भएन पुजेर भगवान तक्दिर कती हरेको हो !!

मिलन बिछोड हासो रोदन, जिन्दगी को रित बने।

मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने।
अँधेरी मा झर्या आँशु , बिहानी का शित बने॥

पुरानाति घाऊ बल्झी,ज्वारभाटा मनमा उठ्दा।
कयौँ पिडा गजल बने , कयौँ पिडा गीत बने॥

चाहेर नी सब्लाई याहाँ , खुसी पार्न नसकीने।
कती आफ्ना पराई बने, कती दुश्मन मीत बने॥

जीन्दगी को यात्रा बिच , यात्री धेरै मिले पनी।
मझधारमा एक्लै भा'छु , सबै यात्री अतीत बने॥

तिमी सङ धेरै कुरा गर्न बाकी छ।

तीमी सँग धेरै कुरा गर्न बाकी छ !
मायाका कुरा अझ गर्न बाकी  छ !! ...

मेरो जीवन एउटै छ दु:ख सुखमा !
मुटु चीरेर के छ भीत्र हेर्न बाकी छ !!

तीमी बद्लीउ मौसम ज्स्तो यो बेला !
घाम पछीको बर्षात हेर्न बाकी छ !!

उज्यालो त जुनकै छ, लाखौ तारा भए पनि

उज्यालो त जूनमै छ लाखौँ तारा भए पनि॥
तिम्रो यादमा बाँचेको छु धेरै टाढा रहे पनि॥

दिनरात कल्पनामा केवल तिमी आई दिन्छ्यौ ।
मुस्कुराउछु मान्छे सामु एकान्तमा बहे पनि॥

घाम भए छायाँ हुन्छ फूल भए सुन्दर वागि।
फुल्ने फूल फुल्छ पक्कै माली छोडी गए पनि॥

पाउनु भन्दा गुमाउनुमा माया गहिरो हुन्छ
तिम्रो जीवन सुखी बनोस मैले दु:ख सहे पनि

आँसु किन झार्छौ

जब तिमी आफै रिसाएर जान्छौत।
खुशी सफलताको कामना किन गर्छौ??

म आफै दुखी अनी घाएल भएको छु त।
मेरो सामु आखा भरी आसु किन झार्छौ?

रिसाएर तिमी जति

रिसाएर तिमी जति टाढा हुँदै गयौ।
अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ॥

आस्था मानि फूलसँग पुजे तिमीलाई।
फूल टेकी हाँसी हाँसी काँडा हुँदै गयौ॥

मलाई भनै बगरमा एक्लै कुराएर।
आफू भने क्षितिज पारि डाँडा हुँदै गयौ॥

जाने नै हौ जाऊ तर मेरो एउटा प्रश्न।
तिमी किन यति सारो छाडा हुँदै गयौ॥

किन हुन्छै टाढा तीमि

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?

तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि।
कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि?

साचो माया गर्छौ भने भन्नु पर्छ मन को कुरा।
अन्जानमै हाम्रो माया मैले कतै फुकाए कि?

मेरो पनि एउटै विश्वाश साचो माया गर्नु पर्छ।
राम्रो मौका खेर फाली ठुलो मुल्य चुकाए कि?

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?

मुटु जल्यो

मुटु जल्यो ब्यथा बढ्यो न यस्मा नुन छर्नु
आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु

सिलाउन मिल्ने भए अझै पनि सिउँछु म
तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म

कल्पनाको महल जस्तो हुन्न रहेछ जिबन
म हैन अरुलाई साँचेकि थियौ योवन

जति थिए खुसी सबै तिमीलाई दिएँ
दु:खै दु:खै सहेर नि तिम्रै लागी जिएँ

मुटु जल्यो ब्यथा बढ्यो न यस्मा नुन छर्नु
आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु

सिलाउन मिल्ने भए अझै पनि सिउँछु
म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म

गायक : शिव परियार
संगीत : बिसन्त थापा
शब्द : बि.बि.यश. राना
शैली : भाबुक

तिमिभन्दा अरु कोहि छैन रोजेको।

तिमीभन्दा अरु कोही छैन रोजेको।
कसम खान्छु सत्य साचो भनेको ।

आनाकानिमा आकाशको तारा नगन,
भाग्यमा लेखेको कस्ले छ र देखेको।

माया गर्छु म तिमीबिना जिउदै मर्छु,
बाड्ने छु दु ख सुख जीवनमा परेको ।

आउ नजिक मेरो आफ्नोमान्छे ठानेर,
भन्ने छु तिम्रै आशामा पलहरु बितेको।

प्रेम बियोगमा मुटु जलाए पछि

प्रेमबियोगमा मुटु जलाए पछि।
रात दिन आसुमा गलाए पछि।

न खुशी न मृत्यु मेरो जिन्दगीलाई,
थाहै नपाई पछाडिबाट ढलाए पछि ... ।

किन भन्छौ के भो तिमीलाई?
मायाको बारीमा ऐसेलु फलाए पछि,

कसरी सुनाउ छट्पटिएका पलहरु,
खाटा बसेको घाउलाई चलाए पछि।

प्रेम को पान पल्टाए कतै छै कि भनि

प्रेमको पाना पल्टाए कतै छौ कि भनि ,
मायालु शब्दभित्र हराए कतै छौ कि भनि ।

आज तिम्रो यादले निकै सतायो मलाई,
स्पर्शलाई कुरा सुनाए कतै छौ कि ।

भनि आँखामा आयो मुस्कुराउदै कल्पनाको,
चित्र सुस्केरामा धरै बोलाए कतै छौ कि भनि।

आँसु मेरो बर्षात्को झरी बनिरह्यो

आँसु मेरो वर्षातको झरी बनिरह्यो।
उनी भेट्ने सपना खै सधैं टरिरह्यो।।

गगन मा माथि उड्ने चरी बनेपछि।
थकित भो मेरो तन दूर लडिरह्यो।।

खिईदै छ भत्किदै छ, मेरो जीवन।
वारि पारि समुन्द्रको छेउ परिरह्यो।।

गाउँबस्ती यादहरु साथी बने पनि।
बिरानो यो शहरमा एक्लो भईरह्यो।।

तिखा वाण वचनले मुटु दुखाउँछ।
मन तन मस्तिष्कले कष्ट सहिरह्यो।।

थियो भने।

लुकाएर तरवारलाई . शिरमा पार्नु थियो भने।
तडपाई तडपाई मेरो माया झरिमा पार्नु थियो भने ।

किन दियौ साथ मलाई उकाली र ओरालिमा,
भुक्काएर आखाँ छोपी . भिरमा पार्नु थियो भने ।

किन तान्यौ डुग्ङा तिमीले मलाई संगै बसारएर,
न यता न उताको . तिरमा पार्नु थियो भने ।

किन बोलयौ मिठो बोलि अनेक थरी बहानामा,
जिन्दगी भर न बिर्सने . पिरमा पार्नु थियो भने।

ल्याउन सकिन म।

सधै बहार जिन्दगीमा हरियाली ल्याउन सकिन म। खडेरीको मौसम पर्यो पानी ल्याउन सकिन म॥ भौतारिए एक्लै यहाँ खोजी गर्दै फुलबारीको। चैतमासको महिना रैछ फुल ल्याउन सकिन म॥

हरेक साझ यति बेला

मलाई याद पठाउँनु हरेक साँझ यती बेला...!!
बाडुल्कि लगाउँनु हरेक साँझ यती बेला...!!

मैले मेरा यारहरु लाई भन्ने गदर्छु अचेल...!
भट्टी मा भेट्न आउँनु हरेक साँझ यती बेला...!!

सम्झनाले पनी मलाई बाध्य बनाएकोछ...!
तिम्रा प्रेमपत्र पल्टाउँनु हरेक साँझ यती बेला...!!

यादै याद पठाएर बाडुल्कि लगाएर...!
मलाई नतड्पाउँनु हरेक साँझ यती बेला...!!

तिमीलाई पनी आस्चर्य लाग्न सक्छ...!
कारण छ अस्तु हराउँनु हरेक साँझ यती बेला...!!

मरे तुल्य जिउदो लास भै बाचेकै छु

मरे तुल्य जिउदो लास भै बाचेकै छु।।
बेदनाको छाल संग नाता गासेकै छु।।

तिम्रो बचनले दुखाएको मेरो छाती।
यो दुनिया देखि लुकाएर राखेकै छु।।

लुटी सबै सारा खुशी तिमी भयौ टाढा।
जसो तसो आफ्नो इज्यत ढाकेकै छु।।

तिमी पुर्णिमाको जुन म औसीको रात।
बाध्यताले घेर्यो रुखो हासो हासेकै छु।।

Monday, August 25, 2014

रुदा रुदै हास्नु पर्ने तिम्रै लागि रैछ।

रुँदा रुँदै हाँस्नु पर्ने तिम्रै लागि रै "छ।।
फूलमाला गाँस्नु पर्ने तिम्रै लागि रै "छ।।

जिन्दगीको भर छैन कै "ले सम्म जाने।
आखिर मैले बाँच्नु पर्ने तिम्रै लागि रै "छ।।

हरपल हर खुशी रंगमंच माथी।
दिन रात नांच्नु पर्ने तिम्रै लागि रै "छ।।

नाटकको पात्र जस्तै तिम्रो सामु आई।
आफैं लाई जाँच्नु पर्ने तिम्रै लागि रै "छ।।

अँध्यारोमा छामछुम गर्दै भए पनि।
जीवन् रथ हाँक्नु पर्ने तिम्रै लागि रै "छ।।

नसोध भो जिन्दगीको , अब खबर साथी।

नसोध भो जिन्दगीको, अब खबर साथी।
पिउथे होला बरु मैले, पाए जहर साथी।।

जलि राछु पल-पल यहाँ, सम्झना को राप भित्र।
सकि सक्यो जिन्दगिमा, जिउने रहर साथी।।

राखी हिम्मत मन भित्र, लक्ष्य थियो सिखर चुम्ने।
बिच बाटोमै निलकाडाको, बन्यो डगर साथी।।

चाहाना छ यहि अब,अन्तिम बनोस यात्रा मेरो।
बाच्नु कुनै अर्थ छैन, सुके पछि सागर साथी।।

बहानानि सकि सके, कसो गरि छेकु मृत्यु।
टुंग्याइ दिन्छु जिन्दगीको बाकी सफर साथी।।

पढाइ पनि कस्तो

पढाईले जागिर खोज्छ जागिरले योग्यता ।
नपढेरै मालीक हुन्छन् भए सिप र दक्ष्यता ।
निद् उडाउँछ दिवा स्वप्न त्येहि हुन्छ साकार । निदाउँदाको सपनाको के हुन्छ र मान्यता ।
जस्ले रोज्छ जोखिम बाटो स्विकारेर चुनौती ।
उस्ले पाउँछ जिन्दगिमा सफलता त्यो भब्यता ।
ईश्वरपनि घुँडा टेक्छ जस्को दृढ लक्ष्य छ ।
दुर्भाग्यले हार खान्छ देखि त्यो आदम्यता ।
सिकाउँदैन किताबले जिवन जिउने कसरि ।
सङ्गतै हो सिकाउने संस्क्रिती र सभ्यता ।

म्किले जस्तो तिमी पनि एउटा सानो कथा होला।

मेरो जस्तै तिम्रो पनि एउटा सानो कथा होला।
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला॥
मलाई पनि अरु जस्तै प्यासा पो देख्यौ कि।
जाल थापि बाँड हान्ने ब्याधा पो भेट्यौ कि। अबुझ जति बने पनि आभाष त पायौ होला।
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला॥
लुकाउन खोजे पनि आँखाले सारा राज खोल्छ ।
गुम्सिएका भावहरु मुहारले आँफै बोल्छ।
देखउन नचाहे नि माया त अथाहा होला।
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला॥

गोरेटोको यात्रा तिम्रो मेरो एउटै थियो।

गोरेटोको यात्राहरु तिम्रो मेरो एउटै थियो।
कस्को भुलले हाम्रो लक्ष्य आकाश धर्ति बनाइदियो !!
पुज्ने मन्दिर एउटै थियो बर हामी एउटै माग्थियौ ।
भक्तजनको के कसैले साँझ बिहान बने दियो !!
अबिरल गंगाको माया हाम्रो एउटै छाल थियो।
प्रकृतिको श्रापले कस्तो खहरेको हाल भयो !!
प्रेम दुई आत्माको मिलन थियो दुई धड्कन गड्गडाउदा।
 लक्स सायद खुसि भो बियोग आत्मा फत्फताउदा !!
अनुरागी गित लेख्यौ मिठो सुरताल थिए।
गीतको पहिलो अन्तरालमै संगीत बन्द भए !!!

तिमी लाई पाउने मेरो इच्छा सपना जस्तै भयो।

तिम्लाई पाउने मेरो इच्छा सपना जस्तै भयो,
तिमी संगको प्रेमी मन बहकिएर गयो !
कस्तो माया जिन्दगीको कागज जस्तै हुने,
लेखिएर प्रेम कहानी च्यातिएर जाने,
तिम्लाई राख्ने मेरो मुटु चोटेई चोट भयो,
जुनी जुनी जिउने सपना टुक्रिएर गयो !
दुखै दुखमा जिउनु रैछ सुख कतै छैन,
अभागिमै जिउनु रैछ भाग्य मेरो छैन,
कस्तो जुनी पाएछु मैले आशुले जीवन साटनु पर्ने,
सम्झनामा रातहरु रोई रोई काटनु पर्ने,
तिम्लाई पाउने मेरो इच्छा सपना जस्तै भयो,
तिमी संगको प्रेमी मन बहकिएर गयो।

तिमिले जब मुटु माग्दा मेरो अन्तिम सास थियो।

तिमीले जब मुटु माग्दा मेरो अन्तिम सास थियो,
सपना को संसार सजाउने मेरो ठुलो आस थियो !!!!

मैले माया गर्दा तिमी अरु कसै को खास थियो,
तिम्रो दिल को ढुक ढुकी मा राजकुमार को बास थियो !!!!

मत यौटा भुई को धुलो चिता मा जलेको लाश थियो मेरो निस्ठुरी दईब पनि प्राय कसैको दास थियो!!!!

कति माया गारछु तिमीलाई छैन कुनै सिमा

कति माया गर्छु तिमिलाई छैन कुनै सिमा।
हरेक रात पाउछु तिमिलाई मेरो सपनीमा॥

चोट लाग्दा तिमिलाई पिडा हुन्छ मलाई।
कहीले बुज्छौ मेरो माया सोच्छु अधेरिमा॥

सुरु हुन्छ मेरो दिन रात पनि तिमी बाट।
राखेकि छु तिमिलाई यो मन्को तरेलीमा॥

हावा बहुन्जेल अनि यो ढुकढुकी चलुन्जेल।
गरिरहन्छु सधै माया सजाई राखी छातीमा॥

अमर होस् हाम्रो माया कहीले पनि नमर्ने।
लेख्ने छैन कथा बनाइ सादा रुपी कापीमा॥

आँखा बाट मलाइ, झारेर त हेर।

आँखाबाट मलाई, झारेर त हेर।
मुटुबाट मलाई, फालेर त हेर।

जहाँ हुन्छु म, त्यहि लान्छु तानेर ।
मबाट यो मायाँ, अन्तै सारेर हेर।

तिम्रो बिम्बसंगै, प्रतिबिम्ब हुनेछु।
मेरो प्रेममा पर्खाल त्यो, बारेर त हेर।

लक्ष तिम्रो माया प्राप्ति मेरो जीन्दगी
मेरो हजुर एक पटक हारेर त हेर।

गजल

....♥♥♥♥गजल♥♥♥♥....

अधेरीमा दिल्को डुङगा तार्यौ भने बाच्ने छैन♥
मुटु दखाई हृदयलाई मार्यौ भने बाच्ने छैन♥

तिमी बाहेक अरुलाई मन दिनेछैन धुर्बसत्य♥
चोखो माया तिम्लेअन्तै सार्यौं भने बाच्ने छैन♥

बाच्ने आधार केहिछैन अरु मेरो तिमीबिना♥
अनयसै मलाई एक्लो पार्यौ भने बाच्ने छैन♥

ढकमक्क जवानी फक्रिएको गुलाब हौ♥
फूल्न नपाई कोपिलामै झार्यौ भने बाच्ने छैन♥

I   ♥
L♥♥
O♥♥
V  ♥
E♥♥
Y ♥
O♥♥
U♥♥♥♥♥

बिश्वास गर्नु अन्य कुनै आधार चाहिदैन।

विश्वास गर्नु अन्य कुनै आधार चाहिदैन,
तिमि भए जुनताराको संसार चाहिदैन॥

याद आउदा बस एकपल सम्झिदिनु,
त्यो भन्दा अर्को ठूलो प्यार चाहिदैन ॥

तिमि मेरो धडकन बने पछि प्रिया,
अचेलमेरो मुटुमा रक्तसंचार चाहिदैन ॥

तिमि वारी म पारी रुनु पर्छ भने,
छुटाउने त्यो नदिको किनारचाहिदैन ॥

लेखक :नाम थाहा नभएको तर सन्चार माध्यमा सुनेको आधार मा

अझै बाकी छ।

हो बाँकि छ तिमी आउने आश अझै बाँकी छ । तिमीलाई हेर्न अन्तीम सास अझै बाँकि छ । अरुले त रुँदै गरिसके अन्तिम् बिदाई । बिदाईमा तिम्रो मुस्कान् खास अझै बाँकी छ । भैगो जाउ निस्किजाउ अब धेरै नतड्पाउ । जल्दो मुटु भित्र तिम्रो बास अझै बाँकी छ । गरिसक्यौ भने सयर धर्ति सारा तिमीले । जाउ तारा भन्दा माथि आकाश अझै बाँकि छ । नखोज त्यो फुल आउ थुकि श्रद्धान्जली देउ । आगो ला'को छैन मेरो लाश अझै बाँकि छ ।

तिम्रो सम्झना

तिम्रो सम्झना र याद यसरि आउनेछ
पल पल हसाउनेछ पल पल रुवाउनेछ ।

तिमीले भनेका हरेक कुराहरु मलाई
काडाभरि बाटो पनि हिड्न सिकाउनेछ।

त्यो तस्विर यो माया अनि मिठो मुस्कान
थाहा छ मलाई साच्चै बेस्सरी सताउनेछ।

मेरो माया मेरो मन सबै पोको पारी
मनभरी मुटु भरि सज्नेछ सजाउनेछ।

यात्राहरु निकै गह्रौ खाना पनि तितो तितो
यो मायाले यस्तै के के जति गराउनेछ।

लेखे मैले

तिम्रै लागि भनी एउटा गजल लेखे मैले।।
तिमिलेनै देका पिडा पोख्न लेखे मैले।।

मिठा मिठा बात गरि कुनै दिन हसायेथ्यौ।
त्यै हसोका टुक्रा हरु जोड्न लेखे मैले।।

गौथली का बथान सँगै कतै उडी गयौ तिमि।
एकान्त का दु:ख हरु भोगी लेखे।।

मैले कोइलिझै वसन्त मा आउलाउ तिमि भनी।
आशै आश को जिन्दगानी साँच्न लेखे मैले।।

मान्छे हजुर

मुटु भित्र अनगिन्ति, चोट भाको मान्छे हजुर !!
जन्मदा नै दु:ख सँग , मित लाको मान्छे हजुर !!
दोष दिन्न दैबलाइ, ब्यथा किन दियौ भनि !
को नै छ र ? चाहे जती, सबै पायेको मान्छे हजुर !!
आफु जती दुखे पनि, दुखाउदिन अरुको मन !
सही दिन्छु चोट हरु, बाँचि दिन्छु जसो तसो !!
भत्किए थ्यो दिलको छानो,फेरी छाको मान्छे हजुर ! सुकि सक्यो गला मेरो, भयो केहि बोल्दिन म !
बिरहका गित हिजो, धेरै गाको मान्छे हजुर

तिम्रो फोटो मुटु भित्र

तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु।।
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु।।

लाग्छ हिजो तिमी हामी एउटै बाटो हिंडेका थियौ।
त्यही पलको यादमा आज बाटो कुरि बसेको छु।।

सम्झनामा सपनामा जता ततै आउछौ तिमी।
तिमीलाई भुलाउन साझमा भट्टी पसेको छु।।

तिम्रो यौवन तिम्रो जोवन भुलाउन सक्दिन म।
तिनै जोवनलाई समेटेर एउटा गीत कोरेको छु।।

तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु।।
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु।।

एक रात गजल भन्दै थिए

एक रात गजल भन्दै थिए अब गजल नलेख्नु है!
सधैं आफ्नो बाटो हिँड्नु कहिल्यै मलाई नदेख्नु है ।

सम्झना गरी मेरो घरी–घरी मकहाँ धाएर हेर!
अब त तिमीले संघार मेरो नटेक्नु है ।

संयोगवश ! दोबाटोमा भेट भैहाले भने पनि!
जानी नजानी तिमीले कहीं बाटो मेरो नछेक्नु है ।

मेरी प्यारी हे प्रेयसी ! लौ ! तिमी आऊ न है !
भनेर बोलायर तिमीले मलाई कतै पनि नभेट्नु है ।

सुरीलो–मीठो धून तिमी भन्दै जहिले–तहिल्यै!
मेरो धूनको प्रेमी बनी गला मेरो नरेट्नु है ।

Sunday, August 24, 2014

किन माया संकट लाग्यो

रक्सी खान मन लाग्छ, सम्झिदा यी रात हरु। जिउन गारो पर्दो रैछ, टुटेपछी साथ हरु।। तिमिलाइ सम्झी बस्दा, कोर्ने गर्थे कापीहरु। अझै कति कोरै मैले, गजलका खात हरु।। कस्तो बल पर्यो कुन्नी,कसिएको यो मायामा। मुटु मेरो फुट्ने गरि, खानु पर्यो लात हरु।। फकृदै थे कोपिलाहरु,सुरु भाको बसन्तले। बिछोड्को हुरि आइ, उडाइ लग्यो पातहरु।। छुटाउन नसकिने माया भाथ्यो हाम्रो माया। असमझदारी को थप्पडले उतारिदियो मातहरु।।

त्यो तिमी नै होउ

हरपल मैले जसलाई चाहे, त्यो तिमी हौ । हरक्षण मैले जसलाई पाए, त्यो तिमी हौ । कहिले हासँे साथमा म, कहिले रोएँ पनि, जसको निम्ति आँसु बगाएँ, त्यो तिमी हौ हर धड्कन स्वास अनि, रक्तकणमा, पाएर म जसलाई रमाएँ, त्यो तिमी हौ । सम्बन्ध झन गाढा हुन्छ, भन्ने विश्वासले, मनले जसको जुठो खाएँ, त्यो तिमी हौ । मेरो एउटै धोको यो, जिन्दगी साथ बितोस्, भरपरी जसको हात समाएँ, त्यो तिमी हौ । हरक्षण मैले जसलाई पाए, त्यो तिमी हौ । हरपल मैले जसलाई चाहे, त्यो तिमी हौ ।

Thursday, August 21, 2014

मन थियो

एउटा मन छुने सुन्दर गज़ल लेख्ने मन थियो
मनमा लागेको चोट ग़ज़लले सेक्न मन थियो
 हांसी हांसी बिदा माग्दै आँखाबाट ओझेल भयो
 नजानुस् भन्दै उस्को बाटो छेक्न मन थियो
 माया देखाउन जानिन कि उस्ले बुझ्न सकेन
 साथ सङै मिलाएर भाग्य लेख्ने मन थियो
 मनको कुरा मनमै रह्यो मैले भन्न सकिन्
आन्तिम पल्ट उस्को मुहार देख्न मन थियओ
 कर्म खोटॊ रहेछ नि,एका देशको कथा भयो
मर्नु आघि एकपल्ट उस्लाइ भेत्ने मन थियो

गजल पालुवा मै किन

गजल पालुवामै किन झरयो पात हाम्रो
आखिर किन टुट्यो साथ हाम्रो ।।
देवीदेवता भाकेकै थियौं हामीले
फापेन किन पिरतीको रात हाम्रो ।।
पिएका थिएनौं हामीले कहिल्यै
तर किन स्वीकारिएन मात हाम्रोे ।।
मन मिल्यो तन मिल्यो गल्ती के भो
आखिर तिमीले किन गरयौं घात हाम्रो ।।
सपनीमा आइरयौं मनमा छाइरयौं
यद्यपि यो जुनीमा नमिल्ने भो हात हाम्रो ।।

गजल

तिम्रै लागि भनी एउटा गजल लेखे मैले
तिमिलेनै देका पिडा पोख्न लेखे मैले
मिठा मिठा बात गरि कुनै दिन हसायेथ्यौ
त्यै हसोका टुक्रा हरु जोड्न लेखे
मैले गौथली का बथान सँगै कतै उडी गयौ तिमि
एकान्त का दु:ख हरु भोगी लेखे मैले
कोइलिझै वसन्त मा आउलाउ तिमि भनी आशै आश को जिन्दगानी साँच्न लेखे मैले

जुन दिन तिम्रो अरु.............

जुन दिन तिम्रो अरु नै खास हुनेछे । पक्कै सुन्नेछौ मेरो बनबास हुनेछे ॥ तिमि मान या नमान म मौन हुनेछु,, आकाश धर्ति र धर्ति आकाश हुनेछे ॥ घर परिबारमा रुवाबासि चल्नेछ,, र ठाँउ ठाँउमा मेरो तलाश हुनेछे ॥ जबकि तिम्रो सामु अतित बल्झिनेछ,, मेरो नै कमि भएको आभास हुनेछे॥ खोज्दै आउनु ब्यर्थै हुनेछ त्यति बेला,, किनकि यमराज आसपास हुनेछे॥ हो तिमिबाट षड्यन्त्र नै भयो भने,, लाग्छ 'kIshna' पनि बदनाम हुनेछे॥